इमान्दार संवाददाता
६८ पटक
काठमाडौँ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय आज दाङको घोराहीमा स्थापना गरिएको छ ।

उच्च अदालत रहेको जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय खोल्ने सरकारको निर्णय अनुसार घोराही जिल्ला अदालतमा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश हेमन्त रावलले जानकारी दिए ।

सबैको सहयोगमा निर्वाचन शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको उनले बताए । नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि रेग्मीले यसअघिका निर्वाचन भयरहित र निष्पक्षरुपमा सम्पन्न भएकाले यसपटक पनि सहजरुपमा सम्पन्न हुनेमा नागरिक आशावादी रहेको बताए ।

 

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...