इमान्दार संवाददाता
१२७ पटक
काठमाडौँ ।

निर्वाचनमा बर्दियाबाट नराम्रोसँग पराजित भएका एमाले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नै पार्टीको निर्णयले ठुलै धक्का लागेको छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै राष्ट्रियसभामा लैजानुपर्ने बहस बाम गठबन्धन भित्रै चलिरहेको बेला उनकै पार्टी एमालेले गरेको निर्णयका कारण उक्त ढोका पनि बन्द भएको छ ।

नेकपा एमालेको सचिबालय बैठकमा तयार पारिएको मापदण्डले गौतमको राष्ट्रियसभा उम्मेदवार बन्ने ढोका समेत बन्द भएपछि उनलाई यस्तो धक्का लागेको हो ।

बर्दियाबाट पराजित गौतमलाई बाम गठबन्धन भित्र एमाले-माओवादी एकता पहलकर्ताको रुपमा हेरिने गरिएको छ । निर्वाचनमा हार बेहोरिसकेपछि उनको सक्रियता कम भएको आकलन गरिरहेका एमाले-माओवादी कार्यकर्ताको बुझाइलाई यो निर्णयले थप प्रस्ट्याईदिएको  छ ।

शुक्रबार राजधानीमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा उम्मेदवार चयन गर्दा स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका तथा समानुपातिक सूचीमा नाम समावेश भएकालाई उम्मेदवार नबनाउने मापदण्ड बनाएपछि वामदेवको राजनीतिक सक्रियतामा अझै कमि आउने अनुमान गरिएको छ ।

निर्वाचनका बेला नेपाली काँग्रेससँग सहकार्य गरिरहेको माओवादीलाई छुट्याएर एमालेसँग बाम गठबन्धनमा ल्याउन भूमिका खेलेको भन्दै गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने छलफल गठबन्धनभित्र चल्दै आएको थियो ।

बिगतमा पनि यस्ता अभ्यासहरु भएका थिए । संबिधानसभा निर्वाचनमा दुइ-दुइ ठाउँबाट लज्जास्पद हार बेहोरेका एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डको पहलमा सभासद बनाएर प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरिएको थियो ।

 

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...