इमान्दार संवाददाता
१७५ पटक
काठमाडौं ।

अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।

केसीले जुत्ता सिलाइ पेसा गर्ने नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए ।

तर, अदालतले पुस २४ गते उनीमाथि अदालतकाे अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । त्यसको २ दिनपछि अदालतकै आदेशमा रिहा भएका केसीले सरकारसँग ५ बुँदे सहमति गर्दै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड