इमान्दार संवाददाता
११६ पटक
काठमाडौं ।

सर्बोच्च अदालतको फैशला बिरुद्ध अनसन बसिरहेका डा. गोबिन्द केसीले उठाएको मुद्दाहरु बारे कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आफ्नो धारणा सार्बजनिक गरेको छ ।

एशोसिएसनले आफ्नो आधिकारिक धारणा सार्बजनिक गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले पराजुलीको बचाउ गरेको हो ।

अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ ।

आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने गलत प्रक्रिया र पद्दतीको विकास हुने भन्दै पराजुलीको बचाऊ गरेको एशोसिएसनले अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था रहेको बताएको छ । उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’

बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ । तर पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगातयतका कागजपत्र मगाएकोबारे भने बार बोलेको छैन ।

महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारकेा दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

यस्तो छ बार एशोसियसनको बिज्ञप्ति

२०७४ पुष २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...