इमान्दार संवाददाता
१५२ पटक
काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रको पुस २५ मा बसेको एकता संयोजन समितिको बैठकले एकताका विषयमा नियमित छलफल जारी राख्न संयुक्त कार्यदल गठन गर्यो ।

पार्टी एकता, राष्ट्रिसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनकाबारे खाका तयार गर्ने अख्तियारी पाएको सो कार्यदलले पार्टी एकताकालागि कुनै समस्या नरहेको बताउँदै आएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकता छिट्टै गर्ने तयारीमा आफुहरु लागेको बताउँदै आएका छन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै पार्टी एकता गर्ने सहमति एमाले र माओवादीबिच भएको थियो । चुनाव सकिएको एकमहिना भन्दा बढि समय बित्दा समेत ठोस निर्णय हुन नसक्दा एकता अनिश्चित बनेको छ ।

दुईदलका शीर्ष नेताहरुकाबीच पद बाँडफँड र हैसियत निर्धारणको विषयमा कुरा नमिल्दा एकता अनिश्चित बनेको कतिपयले बताउँदै आएका छन् । तर, पद बाँडफँडकै विषयले एकतामा ढिलाई भएको कुरा गलत भएको बताउँछन् संयुक्त कार्यदलका सदस्य समेत रहेका माओवादी नेता वर्षमान पुन । पार्टी एकताकालागि ‘मोडालिटी’ समेत तयार भएको बताउँदै नेता पुनले माओवादी–एमाले एकता ‘सरप्राइज’ हुने दाबी गरे । नयाँ सरकार गठन हुनु अगावै पार्टी एकता हुने उनको दाबी छ । उनले पार्टी एकतापछि बन्ने नयाँ पार्टीमा दुबै दलका अध्यक्षको भुमिका बराबरी हुने बताए ।

पार्टी एकता हुँदा शीर्ष सहित दास्रो र तेस्रो तहका नेताहरुको व्यबस्थापनको समस्या हुने भन्दे दुबैपार्टीमा छलफल हुन थालेको कतिपयको टीप्पणी छ । पार्टी एकतापछि हैसियत गुम्ने त्रासले दुबैदलका कतिपय नेताले पार्टी एकता नगर्न समेत ओली–प्रचण्डलाई सुझाइरहेको नेताहरु नै बताउँछन् । तर, एमाले र माओवादी मिलेर नयाँ पार्टी बन्न लागेको भन्द पद बाँडफाँडमा समस्या नभएको एमाले नेता इश्वर पोखरेल बताउँछन् । दुबैदलका नेता–कार्यकता व्यबस्थापन गर्न मापदण्ड नै तयार भएको उनले बताए ।

पद बाँडफाँडकै विषयलाई लिएर पार्टी एकतामा ढिलाई नभएको माओवादी नेता मणि थापा बताउँछन् । एमाले अध्यक्ष ओली र
माओवादी अध्यक्ष प्रचण्डको जिम्मेवारी बराबरी हुने र दुबैदलका दोस्रो र तेस्रोतहका नेताहरुको भने जनमत, र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति भएको उनले बताए । नियमित स्वास्थ्य जाँचकालागि बैंकक पुगेका एमाले अध्यक्ष ओली स्वदेश फर्कनासाथ पार्टी एकताबारे ठोस निर्णय हुने उनको दाबी छ ।

एमाले र माओवादी एकतामा दुबैदल सकारात्मक रहेको एमाले नेता योग्श भट्टराई बताउँछन् । एमाले र माओवादी एकता भाड्न केही शक्तिहरु लाग्न थालेको भन्दै नेता भट्टराईले छिट्टै पार्टी एकता हुने बताए । पार्टी एकतासँगै जनमत, व्यक्तित्व वा नेतृत्वको योगदानका आधारमा नेताहरुको व्यबस्थापन हुने समेत उनले स्पष्ट पारे ।

चुनावलगत्तै पार्टी एकता गर्ने सहमति गरेर वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीचको एकता नयाँ सरकार गठन हुनु अघि नै हुने नेताहरु बताउँदै आएका छन् ।

२०७४ पुष २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड