इमान्दार संवाददाता
११० पटक
काठमाडौं ।

बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार बिहानै बाट सुरू भएकाे छ ।  हिजो सार्वजनिक बिदा परेकाले आज बिहान ९ बजेदेखि बैठक बसेको हो ।

वैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे निर्णय गर्नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले  बताए । आगामी सोमबारसम्म निर्णय गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । यसअघि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने बताएका थिए ।

त्यस्तै, सरकारका अन्य मन्त्रीहरूले पनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालयमध्ये एक तोक्ने बताएका थिए ।

दलीय सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्तिको गृहकार्यमा जुटेको सरकार वाम गठबन्धन आबद्ध दलले सहमति नदिएपछि प्रमुख तोक्ने तयारीमा जुटेको हो । आफ्नै ढंगले प्रदेश प्रमुख तोक्न सरकार लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।

२०७४ पुष २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...