इमान्दार संवाददाता
१८४ पटक
काठमाडौं ।

कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनु भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।

बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो ।

सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनु भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

सरकारी दस्तखत छाप किर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिइ बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायो । काठमाडौं प्रहरीले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन् ।

सिलवालले आफू कार्यक्रमको सिलसिलामा आफू मलेसिया पुगेको दाबी गरेका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा सिलवाल देश बाहिर गएको देखिदैन ।

नागरिक दैनिकले समाचार छापेको छ ।

२०७४ पुष २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...