इमान्दार संवाददाता
१५४ पटक
काठमाडौँ ।

फुटबल खेलमा कहिले काँही रोचक घटना हुने गर्दछन । गएराती इङलिश प्रिमियर लिग अन्तर्गत भएको लन्डन डर्बीमा यस्तै रमाइलो घटना भएको छ ।

टोटनह्याम र वेस्टह्याम युनाइटेडबीचको सो खेलमा वेस्टह्यामका गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समातेको तस्विर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

टोटनह्याम खेल्ने मैदान वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले बल ठानेर आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका थिए ।

एड्रियनले कोयाटेको टाउको समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

२०७४ पुष २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड