इमान्दार संवाददाता
२५ पटक
धनगढी ।

धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ ।

एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो ।

एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको ८५ औँ मिनेटमा अर्को गोल थपेर एपिएफको जित सुनिश्चित गरेका थिए ।

व्यक्तिगत दुई गोल गर्न सफल विष्ट खेलका म्यान अफ म्याच घोषित भए ।  पहिलो हाफमा एपिएफ सङ्कटामाथि पूर्णरुपमा हावी भएको थियो ।

सङ्कटा दोस्रो हाफमा सम्हालिँदै आक्रामक बनेको देखिएपनि गोल प्रहार गर्ने केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न पुग्यो । पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दवावमा परेर खेलमा राम्रो गर्न नसकेको सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले बताए ।

जारी प्रतियोगिताको पहिलो खेलमा आफ्नो टिमले राम्रो खेल प्रदर्शन गर्न नसके पनि क्वार्टरफाइनलमा सुधार भएको एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले बताए ।

बिहीबार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ ।

२०७४ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...