इमान्दार संवाददाता
३९९ पटक
काठमाडौं ।

भारतको हारसँगै मध्य प्रदेशमा एउटा दुःखद खबर सार्वजनिक भएको छ ।

केपटाउन टेस्ट म्याचको पहिलो पारीमा भारतीय कप्तान विराट कोहली ५ रनमा आउट भएको खबर दुःखी भई आफूलाई जिउँदै जलाउने रिटायर्ड रेलकर्मीको उपचारका क्रममा ज्यान गएको छ ।

दक्षिण अफ्रिकासँगको म्याचमा विराट कोहलीका ५ रनमा आउट भएपछि उनका ६५ वर्षीया फ्यान चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए । यो घटना मध्य प्रदेशको रतलाम जिल्लाको हो ।

अम्बेडकर निवासी बाबूलाल बैरवाले शुक्रबार भारत र दक्षिण अफ्रिकाको बीचमा खेल भैरहँदा आफैलाई आगो लगाएका थिए । बाबूलाल विराट कोहली ५ रनमा आउट भएपछि निकै नै दुखी भएका थिए र उनले आफ्नो शरीरमा मट्टीतेल खनाएर आगो लगाएका थिए ।

विराट कोहलीका जर्बदस्त यी फ्यानलाई रतलामको जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको टाउको, अनुहार र हातमा आगो लागेको थियो । डाक्टरले चार दिनसम्म प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । बाबूलालका परिवारका सदस्यका अनुसार उनी कोठामा बसेर म्याच हेरिरहेका थिए । उनमा पहिलेदेखि नै क्रिकेट हेर्ने ठूलो शोख थियो ।

मेकानिकका रुपमा कार्यरत बाबूलाल बैरवाले विराट कोहली ५ रनमै आउट भएपछि टिम इन्डियाले हार्यो भने के हुन्छ भनेको बताइएको छ । त्यसपछि उनी आफैसँग रिसाएर किचेनमा गए ।

बर्नोन फिल्यान्डरको उत्कृष्ट प्रदशर्नमा सोमबार भएको पहिलो टेस्ट म्याचमा दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले हराएको छ।

न्यूल्याण्ड्स क्रिकेट मैदानमा खेलिएको तीन टेस्ट म्याचको श्रृङ्खलाको पहिलो टेस्ट म्याचमा चार दिनभन्दा पनि कम समयमा जित हासिल गर्दै दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिको भ्रमणमा जानुभन्दा पहिले पनि भारत घरको मात्रै शेर हुने हो कि भन्ने चिन्ताले भारतीय टिमका प्रशंसकलाई सताएको थियो । भारतले खेलमा त्यति सुधार भने गर्न सकेको छैन ।

 

उनले आफ्नै शरीरमा मट्टीतेल खनाएर आगो लगाए । उनको चित्कार सुनेपछि परिवारका सदस्य तत्काल कोठामा पुगे पनि उनको शरीरको अधिकांश भाग जलिसकेको थियो ।

२०७४ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड