इमान्दार संवाददाता
२८ पटक
काठमाडौं ।

सिभिल बैंक (CBL) ले ४० प्रतिशत हकप्रदमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेकोमा अबभने सेयरधनीले माघ १२ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् ।

सिभिलले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि बिक्री गरेको हो ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरेकाले मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । सेयरधनीले बैंककको हकप्रद लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

५ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैकको हकप्रदपछि चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले ११ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जगेडा कोषको सदुपयोग गरी बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउनेछ । बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता १८५ रुपैयाँ रहेको छ ।

२०७४ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...