इमान्दार संवाददाता
५४६ पटक
काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ ।

बैठकले पार्टी एकताको विषयमा भने टुंगो लगाउन सकेन । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र सरकार निर्माणका लागि भने उपसमिति गठन गरेको छ ।

उपसमितिमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

पार्टी एकताको विषयमा भने एमाले अध्यक्ष केपी ओली बैंककबाट फकिएलगत्तै बस्ने बैठकमा निर्णय गर्ने जनाइएको छ । अध्यक्ष ओली आफ्नो उपचारका लागि बुधबार एकसाताका लागि बैंकक प्रस्थान गर्दैछन् ।

ओली फर्किएलगत्तै बस्ने एकता संयोजन समितिको बैठकमा भने कार्यदल निर्माण गर्ने तयारी भएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ ।

साथै संवैधानिक दायित्वअनुसार प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ । सरकारले प्रदेश प्रमुख तोक्ने तर, अस्थायी मुकाम नतोक्ने तयारी गरेको खबर आएपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

२०७४ पुष २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...