इमान्दार संवाददाता
१७२ पटक
काठमाडौं ।

इराकको किर्कुक सहरमा मङ्गलबार गुप्तचर निकायका एक जना अधिकारीको हत्या भएको छ । मङ्गलबार बिहान केही अज्ञात बन्दुकधारीको आक्रमणमा परी ती अधिकारी मारिएको इराकी गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बन्दुकधारीले गुप्तचर निकायका एक जना अधिकारीको सवारी साधनमा आक्रमण गरेका थिए । उनी घटनास्थलमै मारिएको गृहको विज्ञप्तिमा जनाइएको छ ।

२०७४ पुष २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड