इमान्दार संवाददाता
७०१ पटक
काठमाडौं ।

बिद्यालय हाता भित्रै प्रवेश गरी शिक्षकमाथि कुटपिट गर्ने गुण्डा गणेश लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ शंखरापुर गाउँ पालिका ३ को कालिकाशरण माध्यमिक विद्यालयका शिक्षक सुरेस ठगुन्नालाई पिटेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

कक्षा १० मा अध्ययनरत बिद्यार्थी प्रविण तामाङले गुण्डा लामालाई लगाएर शिक्षक सुरेश ठगुन्नामाथि निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।

बिद्यालयका प्रधानाध्यापक प्रमोद प्रधानले आफ्ना शिक्षक कुट्ने गुण्डा गणेश लामालाई प्रहरीले पक्राउगरेको इमान्दार मिडियालाई जानकारी दिएका छन्।

पक्राउ परेका लामालाई म्याद थप गरी महानगरीय प्रहरी प्रभाग बौद्धले हिरासतमा राखिएको बताइएकाे छ । आबस्यक अनुसन्धान गरी लामालाई थप कारवाही गरिने प्रहरीले बताएको छ ।

दार्चुला घर भइ कालिकाशरण माविमा अध्यापन गराउदै आएका शिक्षक ठगुन्नाले बुधबार प्रविण तामाङलाइ कपाल धेरै लामो भएको भन्दै काटेर आउनु भनेका थिए । तर उनले कपाल नकाटेपछि उनलाई प्रधानाध्यापकको कार्यकक्षमा बोलाएर सम्झाइएको थियो ।

आफुलाई प्रधानाध्यापक सामु उभ्याइएको भन्दै तामाङले स्थानीय टोले गुण्डा गणेश लामाको समुहलाई बोलाएर शिक्षकमाथि कार्यालयमै कुटपिट गर्न लगाएका थिए ।

उक्त घटना सम्बन्धि यो समाचार पनि पढ्नुहोस्

शंकरापुरमा विद्यार्थीले गुण्डा लगाएर शिक्षक कुटे, अवस्था चिन्ताजनक, आइसीयुमा उपचार हुँदै

२०७४ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...