इमान्दार संवाददाता
२१७ पटक
काठमाडौं ।

खाना पकाउने एलपी ग्यासको मूल्य पुनः बढ्ने देखिएको छ । ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । जसलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएका छन् ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको ३२ को कमिसनलाई ६७ पु¥याउनुपर्ने माग गरेको हो ।

ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले जानकारी दिए । सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ ।

उनले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेको बताए । काठमाण्डुमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ ।

उक्त मागका बारेमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिने बताएको अर्यालले जानकारी दिए । देउवा सरकारले चुनाव यता मात्रै २ पटकसम्म पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्यबृद्धि गरिसकेको छ ।

यदि देउवा सरकारले डिलरहरुको मागअनुसार मुल्यबृद्धि गरेमा उपभोक्ताहरु पुनः मारम पर्ने पक्कापक्की भएको छ ।

२०७४ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड