इमान्दार संवाददाता
९८१ पटक
काठमाडौँ ।

सरकारले प्रदेश प्रमु्ख नियुक्ति गर्ने तयारी गरेको छ । प्रदेशको अस्थायी तोक्ने र प्रदेश प्रमुखको नियुक्त गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका थिए । तर, बैठकमा कुनै सहमति भएन ।

पाँच पार्टीको बैठकमा एमालेले सहमति नदिएपछि सरकारले एक्लैले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

सहमति भएको भए नेकपा एमाले र माओवादी केन्द्रले सिफारिस गरेका व्यक्ति पर्ने भएपनि सहमति भएको हुँदा सरकार आफैले चाहेका व्यक्तिलाई तोक्ने तयारी गरेको बताइएको छ । प्रदेश प्रमुख आलंकारी पद भएपनि महत्वपूर्ण मानिएको छ । राजनीतिक नियुक्त गर्ने संवैधानिक व्यस्था छ ।

सरकारले कसलाई प्रदेश प्रमुखको रुपमा पठाउला भन्ने चाँसो बढेको छ । प्रधानमन्त्री देउवाले त्यसको लागि व्यापक छलफलमा रहेको काँग्रेस नेताहरुले बताएका छन् ।

काँगेस स्रोतका अनुसार पूर्वप्रधानसेनापति रुकमांगत कटवाल, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको पहिलो श्रेणीमा राखिएको छ ।

काँग्रेस स्रोतका अनु्सार माओवादी केन्द्रले सरकार चलाउने सम्भावना रहेका ६ नम्बर र ७ नम्बर प्रदेशमा कटवाललाई पठाउने तयारी भइरहेको छ । माओवादीसँगको कटवालको पूरानो दुश्‍मनीलाई उपयोग गर्दै सरकारले उपयोग गर्ने बताइएको छ ।

विभिन्‍न कारणले नाम चलेका उनीहरुलाई नियुक्त गर्दा एमाले र माकेलाई विरोध गर्न नसक्ने अनुमान काँग्रेसले गरेको छ । माथि नाम लिइएका सबै काँग्रेस निकट ब्यक्तिहरु हुन् ।

२०७४ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...