इमान्दार संवाददाता
१४० पटक
काठमाडौं ।

नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ कम्पनीको २० अर्व रुपैयाँ थप लगानी हुने भएको छ । हाइड्रो चाइना कर्पाेरेशनले रसुवाको माथिल्लो त्रिशुली २ मा २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त कम्पनीले उद्योग विभागमा वैदेशिक लगानी स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ । रसुवाको गोसाईं कुण्ड गाउँपालिका ५ र पार्वतीकुण्ड गाउँपालिका २ र ४ स्थित त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने प्रस्तावमा उल्लेख छ ।

लगानी स्वीकृत भए लगत्तै काम अघि बढाउने उक्त कम्पनीले वताएको छ । सरकारले भने उद्योग प्रवद्र्धन बोर्डको बैठक बस्न नसकेको भन्दै प्रस्ताव स्वीकृत गर्न ढिलाई गरेको छ ।

२०७४ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड